२ जेष्ठ २०८१, बुधबार

मानवअधिकार हनन् मुक्त प्रदेश बनाउँछौं– मुख्यमन्त्री भट्ट



धनगढी । मुख्यमन्त्री त्रिलोचन भट्टले ७ नम्बर प्रदेशलाई मानव अधिकार उल्लंघन मुक्त बनाउने प्रसतवद्धता व्यक्त गरेका छन् ।
हिजो जनयुद्धका कारण र अहिले चेतनाको कमीका कारण मानव अधिकार उल्लंघनका घटना दोहोरिरहेका छन्’ शनिबार राष्ट्रिय मानव अधिकार आयोगले धनगढीमा आयोजना गरेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०१८ को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने– प्रदेशका सबै नागरिकलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनाउनमा हाम्रो जोड रहने छ । उनले विभिन्न बहानामा जातजाती, महिला, बालबालिकाको मानवअधिकार हनन् भईरहेको बताए ।
उनले मानवअधिकारको रक्षाका लागि सबैले आफनो ठाउँबाट जिम्मेवार भएर लाग्नुपर्ने बताए । भने– सबैले आफनो अधिकारको प्रयोग गर्न पाउनुपर्छ, तर अधिकारको नाममा अरुको अधिकार हनन हुने गरि काम गर्न पाइदैन ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले महिलाहरू बढी मानवअधिकार उल्लंघनमा परिरहेको चर्चा गरे ।
प्रमुख जिल्ला अधिकारी रिजालले संविधानमा विभिन्न समूह लगायत महिलाको हक अधिकारका बारेमा थुप्रै व्यवस्था गरेको तथा थुप्रै कानून निर्माण भए पनि पूर्ण कार्यान्वयन हुननसकेको बताए ।
कार्यक्रम आयोगका सदस्य गोविन्द शर्मा पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मानवअधिकार सम्वन्धि सबै नागरिकलाई फिल्मको माध्यवाट सूसुचित गराउन सो महोत्सव आयोजना गरिएको जनाइएको छ ।
आयोगले यसअघि सुर्खेत, जुम्ला र जनकपुरमा यो फिल्म महोत्सव गरिसकेको छ । आयोगले मानवअधिकार उल्लघंनका घटनामा कमी ल्याउने उद्देश्यका साथ देशका विभिन्न ठाउँमा मानवअधिकार सम्बन्धि फिल्म महोत्सव अभियान गरेको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका निर्देशक दिपकध्वजजंग कार्कीले बताए ।
मानवअधिकार सम्वन्धि फिल्मले समाजमा मानवअधिकारको संरक्षण हुने भएकाले आयोगले अन्तर्राष्ट्रिय फिल्म महोत्सवको आयोजना गरिरहेको छ ।
फिल्म महोत्सवले मानवअधिकार सम्वन्धि समेटिएका विभिन्न विषयवस्तुले नागरिक र सरोकारवालाको मनस्थितिमा परिवर्तन गर्न सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार