२२ बैशाख २०८१, शनिबार

एमालेद्धारा नवनियुक्तमन्त्रीलाई स्वागत



धनगढी । नेकपा (एमाले) कैलालीले नवनियुक्त प्रदेश सरकारका मन्त्रीहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आन्तरिक मामिलामन्त्री प्रकाशवहादुर शाह, सामाजिक विकासमन्त्री दीर्घ सोडारी, भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा, उद्योग, पर्यटन, बन तथा वातावरण माया भट्टलाई बधाई तथा सम्मान गरिएको थियो ।
एमालेका जिल्ला अध्यक्ष समेत रहेका मन्त्री सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदी, जिल्ला उपाध्यक्ष तथा प्रदेश सांसद रतन थापा लगायतले वोलेका थिए ।
सो अवसरमा प्रदेश सांसदहरु, पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति थियो । कार्यक्रम जिल्ला सचिव रणवहादुर चन्दले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार