१९ बैशाख २०८१, बुधबार

प्रताप दासलाई नेपाल आइडल बनाउन हाइ–वेमा अभियान



धनगढी । एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो नेपाल आइडलको टप ४ मा पुग्न सफल प्रताप दासलाई पहिलो नेपाल आइडल बनाउन कैलालीको हाइ–वे क्षेत्रमा अभियान सञ्चालन गरिएको छ ।
नेपाली इतिहासमा सबै भन्दा बढी रुचाइएको भनिएको गायन सम्बन्धि रियालिटी सो नेपाल आइडलमा ललितपुरका युवा प्रताप दासको लोकप्रियता अत्याधिक रहेको र प्रताप दासनै पहिलो नेपाल आइड्ल बन्ने दाबी गर्छन्, कैलालीमा प्रताप दास जिताउ अभियान चलाइरहेका प्रकाश मिश्र ।
गायन संगै आफ्नो लुक्सका कारण पनि चर्चामा रहेका प्रतापले सामाजिक संजाल मार्फत आफ्ना शुभचिन्तक तथा समर्थकलाई धन्यबाद दिँदै आफूलाई भोट गरेर उत्कृष्ट ३ मा पुर्‍याउन आग्रह गरेका छ्न ।
प्रताप लाई भोट गर्न म्यासेज बक्समा १० टाइप गरेर ३५२२५ मा पठाउनु पर्छ भने नेपाल बाहिर रहेकाले नेपाल आइडलको एप्स डाउनलोड गरेर भोट गर्न सक्नेछ्न । नेपाल आइडलको उत्कृष्ट ४ मा प्रताप संगै निसान भट्टराई, सागर आले र बुद्ध लामा प्रतिस्पर्धामा छ्न ।

भदाै १४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार