१९ बैशाख २०८१, बुधबार

किन हिरोइनलाई कहिल्यै किस गर्दैनन् सलमान खान ?



सलमान खानले बलिउडमा २९ वर्ष बिताइसकेका छन् । यस क्रममा उनले थुप्रै रोमान्टिक फिल्ममा काम गरे । तर, तपाईंले याद गर्नु भएको छ कि छैन सलमानले कुनै पनि फिल्ममा हिरोइनलाई किस खाएको देखिँदैन ।
खासमा सलमानले कुनै पनि फिल्म साइन गर्नुअगावै शर्त राख्छन् कि फिल्ममा उनको कुनै किसिङ सिन हुनुहुँदैन । बलिउडमा आउनुअगावै उनले फिल्ममा हिरोइनलाई किस नखाने प्रण गरेका थिए । उनी रोमान्स भरपुर गर्छन् तर किस गर्दैनन् ।
तर, फिल्म मैने प्यार कियामा सलमान र भाग्यश्रीबिच लिपलक सिन रहेको छ । खासमा यो सिन सुटिङ गर्दा सलमानले भाग्यश्रीलाई साँच्चिकै किस गरेका थिएनन् । उनीहरुबिच शीशा लगाएर सुटिङ गरिएको थियो । निर्देशकले कथाले मागेको भन्दै यतिसम्म गर्न वाध्य पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार