१८ बैशाख २०८१, मंगलवार

कान्छी छाड्ने नम्रता



चलचित्रको तुलनामा म्युजिक भिडियोमा बढी सक्रिय नम्रता सापकोटाले पछिल्लो साता एउटा ठूलै निर्णय गरिन् । श्वेता खड्काले निर्माण गर्ने चलचित्र कान्छीमा अनुबन्ध भैसकेकी नम्रताले छायांकनको मुखैमा आएर उक्त चलचित्रबाट अलग भएको घोषणा गरिन् । कान्छीमा नम्रता सह–अभिनेत्रीका रूपमा प्रस्तुत हुन लागेकी थिइन् । कान्छीबाट अलग हुने कारण भने नम्रता आफैं हुन् ।
सुविन भट्टराईको उपन्यास समर लभमा आधारित चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने निश्चित भएपछि उनले कान्छि त्यागेको बताइन्छ । समर लभमा उनी सुस्मिताको भूमिकामा प्रस्तुत हुनेछिन् । नम्रताले ‘समर लभ’ को भूमिकाका कारण उत्साहित भएको प्रतिक्रिया दिएकी छिन् । दुवै चलचित्रको छायांकन जुध्ने भएपछि सहमतिमै आफू कान्छीबाट अलग भएको नम्रताको भनाइ छ ।

– साप्ताहिक

भदाै १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार