१९ बैशाख २०८१, बुधबार

अछामी वड्डो भाग २ : ‘डोटीकी छोर्याट्टी…’ म्युजिक भिडियो रिलिज



धनगढी । खप्तड डिजिटल म्युजिक प्रालिको प्रस्तुती रहेको गायक लालबहादुर धामीको नयाँ देउडा गीतको म्युजिक भिडियो अछामी बड्डो भाग २, ‘डोटीकी छोर्यांट्टी,…’ विहीवार यू ट्युव मार्फत रिलिज भएको छ।
सो म्यूजिक भिडियोमा गायनमा लालबहादुर धामीलाई टीका पुनले साथ दिएकी छन । गीत राजेन्द्र शाह बिपीले लेखेका हुन भने संगीत बिनोद बाजुरालीको रहेको छ ।
निर्देशन भिम थापा, सहनिर्देशन देव भण्डारी र मासुम बिष्ट, छायाङ्कन सतिश सिन्हा, अडियो रेकर्डिङ्ग स्टुडियो मालश्री पुतलिसडक काठमाण्डौं, दृष्य सम्पादन शिवदर्शन फिल्म पुतलिसडक काठमाण्डौंको रहेको छ खप्तड डिजिटल प्रालिले जनाएको छ ।
प्रदेश नम्मर सात र छ को मौलिक शब्द तथा लयले सजिएको देउडा गीत डोटीकी छोर्यांट्टिको छायाङ्कन महेन्द्रनगर स्थित राष्ट्रि्रय बाल बिद्यालय लगायत विभिन्न रमणिय स्थलमा गरिएको छ । गीतकार शाहका अनुसार देउडा गीतको इतिहास मै पहिलो पटक सो भिडियो निर्माणमा क्रेन सहित अत्याधुनिक ड्रोन क्यामरा प्रयोग गरिएको थियो। भिडियोले देउडा संस्कृतिको मौलिकता र मिठासलाई संरक्षित गर्नुका साथै प्रबर्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास गीतकार शाहको छ ।
दोहरी गीतका केही अंश यस्ता छन ।
केटा : गाइगयो गोर्‍याट्टी बल्ल गयो वाटैवाट
डोटीकी छोऱ्याट्टी अछाम लैजादो भया ।
केटी : म खाादाई खाादैन भात छाडी कोदाको रोटो
अछाम जाादैन अछामी हरामी हुन्छन ।
देउडा गीतको म्युजिक भिडियो अछामी बड्डो भाग २, डोटीकी छोर्यांट्टी हेर्नुस ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार