१८ बैशाख २०८१, मंगलवार

‘भूमि’को हट गीतमा सन्नीले मलाइकालाइ रिप्लेस



भदाै ९ गते (epaper)

जेलबाट बाहिर आएपछि बलिउड नायक संजय दत्तले अभिनय गरेको चलचित्र ‘भूमि’को ट्रेलरसँगै एक आइटम गीतले पनि खुबै चर्चा पाइरहेको छ । चलचित्रको ‘ट्रिपी’ बोलको आइटम नम्बरमा नायिका सन्नी लियोनीले कामुक आइटम नृत्य गरेकी छिन् ।
तर, यो गीतमा आइटम नृत्य गर्नका लागि नायिका सन्नी लियोनी पहिलो रोजाइ भने थिइनन् । सन्नीको स्थानमा पहिला आइटम गल मलाइका अरोरा खानलाइ अफर गरिएको थियो । तर, एकाएक मलाइकालाइ सन्नीले कसरी विस्थापित गरिन् त ?
भारतीय मिडियामा अनुसार मलाइका अरोरा खानको समय नमिलेपछि उनलाइ आइटम नृत्य गराउन ‘भूमि’को निर्माणपक्ष असक्षम भएको हो । मलाइकाले समय दिन नसकेपछि आइटम गीतमा सन्नीलाइ अफर गरिएको थियो । अहिले यो गीतले धमाका मच्चाइरहेको छ । मलाइकाले भने एउटा राम्रो आइटम गीतमा नृत्य गर्ने अवसर गुमाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार