२० बैशाख २०८१, बिहीबार

‘दिलवाले गर्ल’ काजोलकाे ४३ वर्ष



काजोलको रुपरंग हेर्दा लाग्दैन, उनको उमेरले ४० वर्ष काटिसक्यो भनेर । यी ‘दिलवाले गर्ल’ अझै पनि उस्तै सुन्दर, कामुक एवं आकर्षक देखिन्छ । यद्यपि उनी विवाहित हुन् । विवाहित मात्र होइन, दुई सन्तानकी आमा हुन् । उनकी छोरी अहिले लाइमलाइटमा छिन् । भनिहालौ, अगस्ट ५ मा काजोलले ४३ औं जन्मदिन मनाएकी छिन् ।
९० को दशकमा चम्किएकी काजोलले अभिनेता अजय देवगनसँग विवाह गरिन् । विवाहअघि उत्कर्षमा पुगेको उनको फिल्मी करियर त्यसपछि भने क्रमस मत्थर हुँदै गयो । पछिल्लो समय उनी कमै मात्र फिल्ममा देखिएकी छिन् । आमा भइसकेपछि पनि उनले शाहरुख खानसँग स्क्रिन शेयर गरिन्, दिलवालेमा । फिल्ममा उनको जवानी उस्तै झरिलो, भरिलो देखिन्थ्यो ।

हिरोइनकी छोरी
कतिलाई थाहा होला वा नहोला, काजोल फिल्मी पृष्टभूमिबाट आएकी हुन् । उनी अभिनेत्री तनुजाकी छोरी हुन् भने, पिता सोमू मुखर्जी निर्माता एवं निर्देशक । काजोलका नातागोताका धेरैजसो बलिउडकर्मी नै हुन् । उनको पैतृक परिवार नै बलिउडको एउटा हिस्सा हो । कोहि निर्देशक, कोहि अभिनेत्री, कोहि अभिनेता, कोहि निर्माता छन्, काजोलका परिवारमा ।

१६ वर्षे जवानीमा
काजोलले आफ्नो फिल्मी करियर १६ वर्षे जवानीमा सुरु गरेकी हुन् । उनको पहिलो डेब्यु फिल्म बेखुदी थियो । ९० को दशकमा उनको फिल्मले दर्शक, समीक्षक सबैको वाहवाही पायो । उनलाई एकपछि अर्को फिल्मले पछ्याउन थाल्यो । त्यसै मेसोमा अब्बास-मस्तानको फिल्म ‘बाजिगर’मा उनले शाहरुखसँग स्किन शेयर गरिन् । यसले उनको करियरलाई थप उचाइमा पुर्‍यायो ।
त्यसपछि करण अर्जुन, दिलवाले दुल्हनिया ले जायेंगे जस्ता एकपछि अर्को हिट फिल्म दिएकी काजोलले त्यसताका थुप्रै अवार्ड पनि आफ्नो पक्षमा पारिन् । करण जौहर निर्देशित ‘कभी खुसी कभी गम’ पछि भने काजोलले लामो विश्राम लिइन् । त्यही दौरान उनले छोरीलाई जन्म दिइन् ।
२००६ मा उनले धमकेदार कमव्याक गरिन्, फिल्म फनाबाट । त्यसमा उनले दृष्टिविहिन युवतीको भूमिका निर्वाह गरेकी थिइन् ।

काजोलको बारेमा रोचक तथ्य

  • काजोल मुखर्जी खानदानकी चौथो पीढी हुन् । काजोल भेटरान अभिनेत्री रत्ना बाइकी पनाती हुन् ।
  • कपुर फेमेलीपछि बलिउडमा मुखर्जी परिवारको एकदमै योगदान छ ।
  • कजोल बलिउडकी एक्ली यस्ती अभिनेत्री हुन्, जसले नेगेटिभ रोलका लागि पनि फिल्मफेयर अवार्ड हत्याएकी थिइएन् ।
  • काजोल बलिउडकी दोस्रो यस्ती अभिनेत्री हुन्, जसको पाँच फिल्म फिल्मफेयर बेस्ट एक्ट्रेस अवार्ड प्राप्त गरेकी छिन् ।
  • फिल्म बाजिगरमा प्रीय चोडकाको भूमिकाको निम्ती निर्देशकले श्रीदेवीलाई लिन चाहन्थे । तर, उनीसँग समय नभएकाले काजोललाई यसमा लिइयो । अन्ततः यहि फिल्म सुपरहिट भयो ।
  • सिल्भर स्क्रिनमा काजोल-शाहरुखको जोडी अत्याधिक रुचाइयो ।
  • काजोल शिवभक्त हुन् । उनी जहिलेपनि ओम अंकित औंठी लगाउँछिन् ।
  • काजोल कविता लेख्न, विज्ञानमा आधारित डरलाग्दो उपन्यास पढ्न रुचाउँछिन् । सेटमा अक्सर उनको हातमा किताब हुन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार