२० बैशाख २०८१, बिहीबार

कलाकारितामा स्थापित हुँदै सञ्चिता



धनगढी । सुर्खेतबाट कलाकारितामा केही गर्छु भनी एक वर्ष अगाडि काठमाडौं छिरेकी सञ्चिता शाही छोटो समयमानै आफुलाइ कलाकारितामा स्थापित गर्न सफल भएकी छिन ।
सानैबाट कलाकारितामा रुचि भएकी उनी काठमाडौ छिर्दा यति छोटो समयमै स्थापित भैएला भन्ने नसोचेको बताइन्, तर आफ्नो मेहनत र कलाकारिता प्रतिको लगाब कारण छोटो समएमा सफल भएको उनको धारणा छ ।
अहिले सम्म करिब ४ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सञ्चिताको अब दुइवटा चलचित्र कैदी र दिब्य पञ्चकोशी प्रदर्सनमा आउने तयारिमा छ्न् जस्मा सञ्चिताले मुख्य भुमिका निर्वाह गरेकी छिन ।
कक्षा १२ मा अध्यन गरिरहेकी सेक्सी लुक्सकी देखिने सञ्चिता कथाले मागेअनुसारको भुमिकामा देखिन सक्ने बताउँछिन । चलचित्रमा अभिनय गर्दा आफू एउटा कथाको पात्र हो भन्ने सोचेर काम गर्ने भएका कारण कथाले मागे अनुसारको अभिनय गर्न कुनै समस्या नहुने बताउँछिन ।
सञ्चिता मौसम गुरुङको लोकगित अन्धोपन बाट चर्चामा आएकी हुन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार