२१ बैशाख २०८१, शुक्रबार

गीति एल्बम बिमोचन



पहलमानपुर । कैलालीको गौरीगंगा नगरपालिका–८, मसुरियामा सोमबार ‘वर्षा देहो प्यार तु’ गीति एल्बम विमोचन गरिएको छ ।
एल्बमको खप्तड बहुमुखी क्याम्पसका प्रमुख मदनराज जोशीले एक कार्यक्रमबीच बिमोचन गरेका थिए ।
हमार म्युजिक बगिया प्रालिले उत्पादन गरेको सो एल्बममा वीरबहादर चौधरी र एलिशा चौधरीको अभियन रहेको छ । एल्बमको निर्देशक सुधराम दहित रहेका छन् ।
विमोचन कार्यक्रममा पत्रकार गणेश चौधरी, थारू व्यापारी समाज टीकापुरका अध्यक्ष केवाल चौधरी, म्युजिक भिडियो निर्माता वीरेन्द्र चौधरी, वीरबिक्रम राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन पत्रकार दिनेश दहितले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार