२२ बैशाख २०८१, शनिबार

अवार्ड थाप्न गएकी मलाइका न्यूयोर्कमै भुलिन्



बलिउड अभिनेत्री मलाइका अरोडा हालै आइफा अवार्डमा भाग लिन न्यूयोर्क
पुगेकी थिइन् । अवार्डमा भाग लिन पुगेका अन्य सबै कलाकार घर फर्किसके, तर उनी अझै उतै छिन् ।
मलाईका नानाथरी फेसन गरेर न्यूयोर्कको गल्लीहरूमा बिन्दास डुलिरहेकी छिन् । मलाइकाले इन्स्टाग्राममा सार्वजनिक गरेका तस्बिरहरूमा उनका छोरा अरहान खान पनि देखिएका छन् । तस्बिरमा मलाइका निकै खुशी मुडमा देखिन्छिन् ।
उक्त अवार्ड समारोहमा उनका श्रीमान अरबाज खान पनि पुगेका थिए । उनी भने स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार