३१ बैशाख २०८१, सोमबार

अनुष्काको सम्पत्ती २२ मिलियन डलर



चलचित्र ‘बाहुवली २’मा ‘देवसेना’को भूमिका निर्वाहा गरेर चर्चाका आएकी साउथ फिल्म दुनियाँकी चर्चित कलाकार अनुष्का सेट्टीको सम्पत्ती सुनेर तपाई छक्क पर्नुहुनेछ ।
साउथकी सर्वाधिक चर्चित नायिका अनुष्काको सम्पत्ती २२ मिलियन डलर रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । १४० करोड भारतीय रुपैयाँकी मालिक्नी अनुष्का आलिसान बंगालामा बस्ने गर्छिन् ।
हैदराबादको पाश इलाकाको जुबली हिल्समा उनको आलिसान घर छ । उनी, एक चलचित्रका लागि ४ देखि ५ करोड पारिश्रमिक लिन्छिन् । लग्जरी कारको सौखिन यी नायिको साथमा महंगा कार छन् । अनुष्काले निकै चर्चित ब्रान्डसँग काम पनि गरेकी छिन् ।
यसैविच, ‘बाहुवली २’कोे जोडी प्रभास र अनुष्का अर्को चलचित्र ‘साहो’मा नदेखिने भएको छ । अनुष्काको तौल बढी भएपछि उनले यो चलचित्रबाट हात धुनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार