२३ बैशाख २०८१, आईतवार

तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन : अनुष्का



बलिउडमा ३ खान हिरोहरुको दबदबा लामो समयदेखि चल्दै आएको छ । उनीहरुको फिल्मबाट डेब्यू गर्न पाउने हिरोइन भाग्यमानी मानिन्छन् ।
यी भाग्यमानीमध्ये एक हुन् अनुष्का शर्मा । उनले शाहरुख खान अभिनित फिल्म ‘रब ने बना दी जोडी’ बाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले अर्को एउटा फिल्ममा पनि शाहरुखसँग काम गरिन् । यी दुवै फिल्म हिट भएका थिए ।
अनुष्का आज बलिउडकी टप हिरोइनहरुभित्रै पर्छिन् । यद्यपि उनलाई लाग्दैन कि खान हिरोसँग काम गरेकै कारण उनको भाग्य चम्केको हो ।
बीबीसीसँगको एक अन्तरवार्तामा अनुष्का भन्छिन्, ‘खान हिरोसँग लन्च हुँदैमा सफलताको ग्यारेन्टी हुँदैन । यो आआफ्नो कर्मको कुरा हो ।’
उनले आलिया भट्टको उदाहरण दिँदै भनिन्, ‘उनी खान हिरोसँग लन्च भएकी होइनन्, तर राम्रो गरिरहेकी छिन् । खान हिरोसँग लन्च भएका कतिपय हिरोइनहरु अहिले यो पेशाबाटै साइड लागेका पनि छन् ।’
यद्यपि अनुष्का शाहरुखबाट खुबै प्रभावित छिन् । उनले शाहरुखलाई निस्वार्थ सहकलाकार भन्दै प्रशंसा गरिन् ।
उनले भनिन्, ‘हरेक अभिनेताहरु मतलबी हुन्छन् । यो उद्योग नै त्यस्तै हो जहाँ तपाईंले आफ्नो भूमिकाको बारेमा सोच्नुपर्छ । सुटिङका क्रममा पुराना कलाकारले नयाँ कलाकारलाई खासै बाल दिदैनन् । तर, शाहरुख यस्ता कलाकार हुन् जो सुपरस्टार भइकन पनि नवआगन्तुक कलाकारलाई सम्मान गर्छन् र सहयोग गर्छन् ।’

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार