१६ बैशाख २०८१, आईतवार

रणवीरले भेटे नयाँ प्रेमिका, कट्रिनानालाई जलन !



बलिउड अभिनेता रणवीर कपुर अहिले आफ्नो नयाँ फिल्म जग्गा जासुसको प्रमोसनमा व्यस्त छन् । तर यही व्यस्तताबीच पनि उनी एक खास व्यक्तिको लागि टाइम निकालिरहेका छन् ।
हो, रणवीरको जीवनमा नयाँ युवतीको प्रवेश भएको छ । उनी मुम्बईकी एक युवतीसँग डेटमा छन् । यी युवतीको फिल्म इन्डष्ट्रीसँग टाढाको साइनो पनि छैन ।
समाचारअनुसार जग्गा जासुसको प्रमोसनका क्रममा नै यी युवतीसँग रणवीरको परिचय भएको थियो । रणवीरले आफ्नी नयाँ प्रेमिकालाई पूर्व प्रेमिका कट्रिनाना कैफसँग पनि भेटाएको बताइन्छ । तर, कैटरिना उनलाई भेट्दा त्यति खुशी भइनन् । उनको अनुहारमा जलन देखिएको थियो ।
सूत्रका अनुसार रणवीर कट्रिनानालाई जलाउनका लागि नयाँ गर्लफ्रेण्डबढि नै लसपस गरिरहेका थिए । गर्लफ्रेण्डसाथमा नहुँदा रणवीर लगातार उनलाई फोन गर्थे । अर्कोतर्फ कट्रिनाना ‘कुल’ देखिन प्रयासरत थिइन्, तर उनको अनुहारमा तनावको रेखाहरु दौडिरहेका थिए । रणवीर र कैटरिना अभिनित फिल्म जग्गा जासुस १४ जुलाईमा रिलिज हुँदैछ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार