१२ श्रावण २०८१, शनिबार

अभिनयमा भविस्य खोज्दै परी



धनगढी । कैलालीको टिकापुरकी परी साउँद यतिबेला मोड्लींगमा व्यस्त छिन् । केही वर्षअघि मोडेल बन्ने चाहना बोकेर काठमाडौं छिरेकी परीको मोडेल बन्ने चाहना त पूरा भयो, तर अब उनी आफ्नो अर्को चाहना पूरा गर्न मेहनत गरिरहेकी छन् ।
झट्ट हेर्दा हलिउड लुकको देखिने परीको मुहारमा छुट्टै जादु छ । नशालु आँखा अनि जिरो फिगर साइजले परीलाई निकै सेक्सी देखाउँछ । सेक्सी परी आफू अब चलचित्रमा आउन चाहेको बताउँछिन । उनी भन्छिन्– ‘तर फिल्म खेल्ने नाममा नहुने खालका सम्झौता गर्दिन्, बरु केही समय पर्खन्छु ।’
सानैदेखिको आफ्नो चाहना कलाकारिता भएकोले पनि आफू यसै क्षेत्रमा जम्न चाहेको बताउने परी आफू स्थापित हुन धेरै मेहनत गर्न पछि नपर्ने बताउँछिन । चलचित्रमा जम्न लागि परेकी परीलाई हाम्रो पनि शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार