१० श्रावण २०८१, बिहीबार

साँफेबगरमा एमाले विजयी



धनगढी । अछामकाे साँफेबगर नगरपािलकामा नेकपा एमाले जितेकाे छ । एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कुलबहादुर कुँवरले ५८३८ र उपमेयर पदका उम्मेदवार बिर्मला बुढाथापाले ५९८४ मत पाएर बिजयी भएका हुन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवारले क्रमशः ५४१२ र ५२६५ मत पाए । साफेमा एमालेले ७ वटा वडामा समेत जितेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार