४ जेष्ठ २०८१, शुक्रबार

कसको कहाँ अग्रता ?



धनगढी । कैलालीका १० वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । शनिबार तीन वटा स्थानीय तहको नतिजा सार्वजनिक भईसकेका छन् ।
मतगणना जारी रहेका १० वटा स्थानीय तहमध्ये नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमले बराबर स्थानीय तहमा अग्रस्थान लिएका छन् ।
नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा अग्रता लिएको छ ।
फोरम लोकतान्त्रिकको टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकामा अग्रता रहेको छ ।
त्यस्तै, नेकपा एमालेले गोदावरी नगरपालिका र वर्दगोरिया गाउँपालिकामा तथा माओवादी केन्द्रले गौरिगंगा र घोडाघोडी नगरपालिकामा अग्रता लिएको छ ।
कैलारी गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार राजसमझ चौधरीले ४०५८ मतसहित पहिलो स्थान कायमै गरेका छन् ।
उनलाई माओवादी केन्द्रका लाजुराम चौधरीले ३५८५ मतका साथ पच्छ्याइरहेका छन् । उपाध्यक्षमा भने माओवादी केन्द्रका लक्ष्मी सत्गौवा ३६०९ मतका साथ पहिलो स्थानमा रहेका छन् । उनलाई नेपाली काँग्रेसका अनिता चौधरीले ३५०५ मतका साथ पच्छ्याइहेका छन् ।
बर्दगोरिया गाउँपालिकामा आइतबार साँझसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसले अगैता लिएको छ । काँग्रेसका बलिराम चौधरीले २३१६ मत प्राप्त गरेका छन् । एमालेका कर्ण कुँवरले २१२० मत तथा माओवादीका गणेश गिरीले २०६० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार