४ जेष्ठ २०८१, शुक्रबार

चाैरपाटीमा १ मतले एमाले विजयी



धनगढी । अछामको चौरपाटी गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेका हर्क साउद १ मतले विजयी भएका छन् ।

नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार सााउदले ३ हजार १ सय ३८ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार भिम सााउदले ३ हजार १ सय ३७ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसका माया कुँवर ७२ मतले विजयी भएकी छन् । कुँवरले ३ हजार १ सय ७३ मत ल्याए भने नेकपा एमालेका सुशिला बोगटीले ३हजार १ सय १ मत प्राप्त गरिन् । जसमा ३ वडा नेपाली कांग्रेस र ४ वडा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार