४ जेष्ठ २०८१, शुक्रबार

दार्चुलाकाे व्यासमा कांग्रेस विजयी



धनगढी । दार्चुलाकाे ब्यास गाउपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका अध्यक्ष उम्मेदवार दिलिपसिह बुढाथाेकी र उपाध्यक्ष हेमा भट्ट विजयी विजय भएका हुन् ।

ब्यास गाउँपालिकाको अध्यक्षमा दिलिपसिह बुढाथोकीले एक हजार ९ सय १५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलिपसिंह डडालले एक हजार ६ सय ९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकै हेमा भट्टले एक हजार ८ सय १९ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी तिरा कुवरले एक हजार ६ सय ५० मत प्राप्त गरेकी छिन् ।

योसँगै जिल्लाका दुई नगरपालिका सहित ९ स्थानीय तहमध्ये कांग्रेसले २ नगरपालिका र दुई गाउपालिकामा प्रमुख र उपप्रमुखमा विजयी भएको छ भने एक गाउपालिकामा प्रमख एवं अध्यक्षमा पदमा विजयी भएको छ ।

एमालेले तीन गाउँपालिकामा प्रमुख र उपप्रमुखमा विजयी भएको छ भने एक गाउँपालिकामा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले एक गाउँपालिकामा प्रमुख र उपप्रमुखमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार