४ जेष्ठ २०८१, शुक्रबार

गाैरीगंगा नपा ४ मा माअाेवादी प्यानल सहित विजयी, प्रमुख/उपप्रमुखमा मतान्तर बढ्दै



धनगढी । गाैरीगंगा नगरपालिका वडा नं. ४ मा नेकपा माअाेवादी केन्द्र प्यानलसहित विजयी भएकाे छ ।

हालै घाेषणा भएकाे मत परिणाम अनुसार माअाेवादीका उम्मेदवार भागरथी  विष्टले ९५६ मत पाएर अध्यक्षमा विजयी भइन् । मिहला सदस्यमा सीतादेवी चाैधरीले १०२४, दलित महिला सदस्यमा अमृता विकले १०४५ र खुला सदस्यहरूमा गाेपाल चाैधरीले १०१६ र टेकराज ढुंगानाले १०५५ मत पाएर विजयी भए ।

त्यसैगरी, प्रमुख र उपप्रमुखमा पनि माअाेवादी केन्द्र फराकिलाे मतान्तरले अग्रता कायम गरेकाे छ । माअाेवादीले वडा ४ देखि ११ नम्बर वडासम्मकाे मत गणना गर्दासम्म प्रमुखमा ४६२१ र उपप्रमुखमा ४२८२ मत पाएकाे छ । प्रमुख र उपप्रमुखमा क्रमशः एमालेले ३९७३ र ४०४२ र कांग्रेसले ३४४९ र ३६१२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार