१ कार्तिक २०८१, बिहीबार

शिक्षक पेशा छोडेर गापा प्रमुखमा उठेका एमालेका चन्द विजयी



बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेले जीत हासिल गरेको छ । उक्त गाउँपालिकामा एमालेका गोरखबहादुर चन्दले २६०८ मत ल्याएर विजय भएका हुन् ।

शिक्षकको जागिर छोडेर चुनाव लडेका चन्दले प्रमुखबाट उठेका थिए । उपाध्यक्षमा एमालेकी बिना भट्ले २४२४ मत ल्याएकी छिन् भने प्रमुखका प्रतिद्वन्दि कांग्रेसका दिनेशबहादुर चन्दले १७२८ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार