१० श्रावण २०८१, बिहीबार

गाैमुल गाउपालिकामा एमाले विजयी



मार्तडी । बाजुराको गौमूल गाउँपालिकामा नेकपा (एमाले) का हरी रोकाया ६९९ मतको फरकले विजयी भएका छन ।

३६ वर्षिय रोकायाले नेपालीका कांग्रेसका पूर्व जिल्ला विकास समितिका सदस्य देववहादुर रोकायालाई पराजित गरेका हुन । निर्वाचित रोकायाले २२४० र उनका प्रतिद्धन्द्धीले १५४१ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै २२०१ मत पाएर विजयी भएकी छन । उपाध्यक्षमा काग्रेसका ले १५५५ मत पाइन ।

छ वटा वडा रहेको गौमुलमा एमालेले पाँच र कांग्रेसले एक वडा जितेको छ । वडा नम्वर १ मा एमालेका वलवहादुर रोकाया, ३ मा मानवहादुर वोहरा, ४ मा विरेन्द्र रोकाया, ५ मा गणेश रोकाया र ६ मा प्रकाश रोकाया जितेका छन । वडा नम्वर २ कांग्रेसका चक्र वोहरा विजयी भएका छन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार