१ कार्तिक २०८१, बिहीबार

काँग्रेसले जित्यो बझाङको काँडा गाउँपालिका



धनगढी । नेपाली का“ग्रेसले प्रदेश नम्बर ७ को बझाङ जिल्लाको का“डा गाउ“पालिका जितेको छ । बिहीबार सम्पन्न मतगणना परिणामअनुसार नेपाली का“ग्रेसका उम्मेदवार राजेन्द्र धामी अध्यक्षमा र कल्पना बोहरा उपाध्यक्षमा विजयी भएका छन् ।
प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये अन्तिम मत परिणाम घोषणा भएको यो पहिलो गाउ“पालिका हो ।
अध्यक्ष बोहराले तीन सय ९४ मत प्राप्त गरे भने उपाध्यक्ष बोहराले तीन सय ९४ मत प्राप्त गरे ।
प्रतिस्पर्धी अध्यक्षका उम्मेदवार एमालेका मानबहादुर बोहराले तीन सय ३६ मत र उपाध्यक्षका उम्मेदवार डोल्मा तामाङले तीन सय २६ मत प्राप्त गरे ।
सो गाउ“पालिकाका वडा नम्बर १ र ३ मा नेपाली का“ग्रेसको प्यानल विजयी भएको छ भने २, ४ र ५ मा एक जना खुला सदस्यबाहेक एमालेको प्यानल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार