१५ बैशाख २०८१, शनिबार

बर्षाको केमियो भूमिकामा अर्जुनको हल्ला किन ठूलो ?



केही समय अगाडि नायिका बर्षा राउतले चलचित्र ‘फाटेको जुत्ता’मा काम गरेको तस्बिर नेपाली मिडियामा छ्याप्तछ्याप्ती भयो । चलचित्रका निर्माता अर्जुन कुमारले नायिका बर्षा राउत पनि चलचित्रकी नायिका भन्दै प्रचार गरेका थिए । बषर्ाका फ्यानका लागि संभवत यो खुशीको कुरा पनि थियो ।
तर, स्वयंम नायिकाले आफ्नो भूमिकाको बारेमा स्पष्ट पारेकी छिन् । बषर्ाले ‘फाटेको जुत्ता’मा आफ्नो भूमिकाको बारेमा भनिन्-‘यो चलचित्रमा मेरो मुख्य भूमिका होइन । चलचित्रमा मेरो केमियो भूमिका छ । मैले १ दिन मात्र छायांकन गरेकी हुँ ।’
बर्षाले चलचित्रमा केमियो भूमिका निर्वाहा गरेपनि निर्माता अर्जुन कुमारले भने उनको उपस्थितीलाई राम्रै तरिकाले प्रचार गरेका थिए ।
निकेश खड्का निर्देशित यो चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, वुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार