१६ बैशाख २०८१, आईतवार

यस्ता छन् सलमान अभिनित ‘ट्युबलाइट’का विशेषताहरु



अहिलेसम्मका सलमानका फिल्महरुमा भन्दा फरक भूमिका रहेकाले पनि यो फिल्म उनका लागि धेरै महत्वपूर्ण रहनेछ । कतिपयले ‘ट्युबलाइट’ र ‘बजरंगी भाइजान’मा सलमानको भूमिका उस्तै देखिने बताएपनि ट्यूबलाइटमा सलमानले अर्धपागल व्यक्तिको भूमिका निभाउनेछन् । आज९शुक्रबार० रिलिज भएको यस फिल्मको लामो समयदेखि उनका फ्यानहरुले पर्खिरहेका थिए । यस्तैमा जानिराख्नुहोस् ट्यूबलाइटबारे यस्ता रोचक विशेषताहरु

अर्धपागल सलमान
ट्यूबलाइट नामजस्तै यस फिल्ममा सलमान अलि सुस्त मनस्थितिका व्यक्तिको भुमिकामा देखिँदैछन् । फिल्ममा उनको नाम लक्ष्मण सिंह हुन्छ तर अलि ढिलो दिमाग चलाउने हुनाले उनलाई सबैले ट्युबलाइट भन्दै बोलाउँछन् । अहिलेसम्म उनले खेलेका रोलहरुभन्दा भिन्न रहेको छ यो । बजरंगी भाइजानसँग कुनै कुनै ठाउँमा मेल खान गएपनि फिल्मका निर्देशकले यी दुवै फिल्महरु वास्तवमा भिन्दाभिन्दै रहेको उनले बताएका छन् । सलमानले बजरंगी भाइजानमा पनि सिधा र सोझो व्यक्तिको भूमिकामा देखा परेका थिए तर अर्धपागल भने थिएनन् ।

सलमान र सोहेलको भाइचारा
सलमान र सोहेलले यस भन्दाअघि पनि थुप्रै फिल्महरुमा सँगै काम गरिसकेका छन् । यस फिल्ममा पनि उनीहरु साथसाथ दाजुभाईको भूमिकामा देखा परेका छन् । फिल्ममा सोहेलको नाम भरत सिंह रहेको छ । सन् १९६२ मा भएको भारत(चीनको युद्ध लड्न जाने क्रममा सोहेल हराएका हुन्छन् । यसरी यस फिल्ममा सोहेल र सलमानबीचको सद्भावपूर्ण प्रेमलाई नै केन्द्रित गरिएको छ ।

कबिर खान र सलमान खानको पूर्णमिलाप
ट्यूबलाइटलाई निर्देशक कबिर खानले निर्देशन गरेका हुन् । उनलाई बलिउडका निकै समझदार निर्देशक रुपमा लिइन्छ। कबिर खान र सलमान खानको यो तेस्रो फिल्म हो । यसपछि उनी कट्रिना र सलमानसँग ‘टाइगर जिन्दा हें’ का लागि व्यस्त हुनेछन् । उनको फिल्म बजरंगी भाइजानले सलमानको एक्टिङ करिअरमा ठूलो प्रभाव पारेको थियो ।

चिनियाँ अभिनेत्री जूजू
बलिउड फिल्महरुमा यसअघि थुप्रै पाकिस्तानी कलाकारहरुले काम गरिसकेका छन् तर मुख्य अभिनेत्रीका रुपमा देखा पर्न लागेकी चिनियाँ कलाकारलाई खेलाइएको यो पहिलो पटक हो । अभिनेत्री जू जू ले मुख्य भूमिका निभाउने भएका कारण पनि उनको नाम फिल्म बन्नु धेरै अघि देखि नै चर्चामा थियो । उता चीनमा भारतीय फिल्महरुले निकै राम्रो व्यापार गरेकाले पनि आर्थिक हिसाबले जूजू लाई लिनु निकै फाइदाजनक रहन सक्नेछ ।

शाहरुख सलमानको जादू
ट्यूबलाइटमा शाहरुख खान पनि अतिथि कलाकारको रुपमा खेल्ने भन्ने खबरले ट्यूबलाइटको चर्चालाई दुई गुणाले बढाएको थियो । लामो समयको अन्तरालपछि ट्यूबलाइटमा हामीले शाहरुख र सलमानलाई एउटै पर्दामा सँगै देख्ने मौका पाउने भएका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार