२ भाद्र २०७९, बिहीबार

सावधान ! खाली पेटमा लिची खाँदा ज्यान जान सक्छ



अहिले लिचीको सिजन छ । यो रसिलो र स्वादिलो फल हो । तर, खाली पेट लिची सेवन गर्दा ज्यान जान सक्छ । यसअघि भारतको बिहारमा खाली पेट लिची सेवन गर्दा सैयौं बच्चाको अचानक मृत्यु भएको थियो ।
खाली पेट लिची सेवन गर्दा चक्कर आउने, आँखा खोल्न नसक्ने र मृत्यु हुने देखियो । सन् १९९० को दशकको यो घटनापछि खाली पेटमा लिची सेवन गर्नु घातक हुने पुष्टि भयो ।

के हुन्छ लिचीमा ?
लिचीमा एक प्रकारको बिष हुन्छ, हाइपोग्लिसिन । यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ । शरीरमा यो बिष पुग्छ र सुगरको मात्रा अचानक कम हुन्छ । यहि नै मृत्युको कारण बन्न सक्छ ।
लिचीले मस्तिष्कसँग सम्बन्धित यस्तो समस्या पैदा गर्छ, जसले ज्यान लिन सक्छ । एक्यूट इन्सेफेलाइटिस सिन्ड्रोम नामक यस बीमारीको कारण सैयौंले ज्यान गुमाएका छन् । बैज्ञानिकले उक्त रोग लिची फलको कारण हुने बताएको छ ।
यसमा प्राकृतिक रुपले हाइपोग्लिसीन-ए र मिथाईलेन्साइक्लोप्रोपाइलिगसीन नामको विषाक्त तत्व हुन्छ । यसले शरीरमा फ्याटी एसिड मोटाबोलिज्म बनाउन रोक्छ । यसै कारण ब्लड सुगर लेभल कम हुन्छ ।

लिचीका फाइदा

  • लिची फल हानिकारक त्यसबेला हुनसक्छ, जब यसलाई अनियमित र अनियन्त्रित ढंगले सेवन गरिन्छ । यदि दिनमा केहि मात्रामा र खाना खाइसकेपछि सेवन गर्ने हो भने लिचीले फाइदा गर्छ । दिनमा १० वा १२ दाना भन्दा बढी लिची सेवन गर्नु हुँदैन ।
    लिची हड्डीको लागि फाइदाजनक हुन्छ ।
  • बच्चाको शारीरिक विकासमा सहयोग पुर्‍याउँछ ।
  • यसको नियमित सेवनले शरीरमा क्यान्सर कोशिकालाई बढ्न दिदैन ।
  • यो हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुन्छ ।
  • दमका रोगीलाई लिची लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्