७ चैत्र २०७९, मंगलबार

खुला दिसामुक्त घोषणा



पथरैया। कैलालीको साविक पथरैया गाविसको वडा नम्बर ७ लाई आइतबार खुला दिसामुक्त वडा घोषणा गरिएको छ ।
वडामा रहेका दुई सय ७८ घरघुरीमा शौचालय निर्माण र प्रयोगमा ल्याएपछि खुला दिसामुक्त वडा घोषणा गरिएको जानकी गाउपालिकाका वडा सचिव नारदानन्द उपाध्याले बताए ।
साविक पथरैया गाविसका आठ वडा वडा खुला दिसामुक्त घोषणा भइसकेका छन् ।
कार्यक्रममा स्वास्थ स्वयंसेविका कमला न्यौपाने, संगीता खत्री र रत्ना विकलाई सम्मान गरिएको थियो ।
वडा नागरिक मञ्चका संयोजक पदम टमट्टाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव उपाध्याय, वडघर कालुसिंह लुहार, नेपाली कांग्रेसका नरबहादुर कुमाल, नेकपा एमालेका खकेन्द्र भण्डारी, नेकपा मओवादी केन्द्रका सुशील विक, नेत्रप्रसाद जैशी, विष्णु भाट, संगीता खत्री, शेरबहादुर चौधरी, विन्द्रा न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्