२० बैशाख २०८१, बिहीबार

व्याइफ्रेण्डसँग ब्रेकअपपछि गोवामा मन बहलाउँदै सोनाक्षी



बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ३० औं जन्मदिन साथीहरुका साथ गोवामा मनाइन् । व्याइफ्रेण्ड बन्टी सजदेहसँग हालै मात्र ब्रेकअप गरेकी उनी अहिले मन बहलाउन विभिन्न उपाय गरिरहेकी छिन् ।
साथीहरुसँग रमाएको फोटो सोनाक्षीले इन्स्टाग्राममा सेयर गरिन् । ती फोटोमा उनी निकै खुशी देखिन्छन् । यस्तो लाग्दैन कि व्याइफ्रेण्डसँग उनको भर्खरै ब्रेकअप भएको हो ।
एउटा लोकप्रिय वेबसाइटका अनुसार सोनाक्षी २०१२ देखि बन्टीलाई डेट गरिरहेकी थिइन् । बन्टीले सोनाक्षीको एउटा फिल्मको एसाइनमेन्ट ह्यान्डल गरिरहेका थिए । फिल्मका फाइनान्सरका अनुसार यस फिल्मका लागि सोनाक्षीले सुरुमा निकै मोटो रकम मागेकी थिइन् तर पछि अलिकति घटाइन् ।
फिल्ममा दुई पुरुष लिड रोलको अपोजिटमा सोनाक्षीलाई लिइएको थियो तर पछि कुनै कारणबस यो प्रोजेक्ट नै बन्द भयो । त्यति नै बेलादेखि सोनाक्षी र बन्टीको ब्रेकअप भएको हो । स्मरणीय के छ भने बन्टी यसअघि अभिनेत्री सुस्मिता सेनका व्याइफ्रेण्ड थिए ।
बन्टसँग ब्रेकअपपछि सोनाक्षीको फिल्मको एसाइन्मेन्ट उनका भाई लवले ह्यान्डल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार