२१ बैशाख २०८१, शुक्रबार

‘वाघी २’मा टाइगरसँग दिशा फाइनल



रियल लाइफमा समेत प्रेमी–प्रेमिकाको रूपमा रेहका नायक टाइगर श्राफ र नायिका दिशा पटानी ‘वाघी २’मा एकसाथ देखिने भएका छन् ।
निर्माता साजिद नाडियडवालाले दिशालाई चलचित्रका लागि फाइनल गरिएको भारतीय मिडियालाई बताएका छन् । उनले, चलचित्रका लागि फ्रेस जोडी खोजेको र दिशा यसका लागि पर्फेक्ट रहेको बताएका छन् ।
यो चलचित्रका लागि टाइगरले हङकङमा करिब एक महिना लामो तालिम समेत लिने छन् । उनी जुलाइमा तालिमका लागि हङकङ जानेछन् ।
हिट चलचित्र ‘वाघी’मा नायक टाइगर श्राफसँग नायिका श्रद्धा कपुरले काम गरेकी थिइन् । तर, अब भने यसको सिक्वेलमा टाइगरकी हट प्रेमिका दिशाले उनलाई रिप्लेस गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार