निर्वाचनको टुंगो छैन– एमाले नेता रावल



बझाङ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले असार १४ मा निर्वाचन हुनेमा आफ्नो पार्टी ढुक्क नभएको बताएका छन् ।
प्रेस चौतारी बझाङले शुक्रबार चैनपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले सरकारले पटकपटक मिति सारेर निर्वाचन टार्न खोजेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा रावलले भारतीय डिएसपी सहितको प्रहरी टोलीले डोटी जिल्लामा आएर नेपालीलाई कुटपिट गरी भारततर्फ लिदै गर्दा नेपाली प्रहरी टोलीले नियन्त्रणमा लिँदा समेत घटनाबारे सरकारले कुनै चासो नलिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्