२१ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीको ईच्छा यसरी पुरा गरिन् गायिका शितलले



धनगढी । सञ्चारकर्मी तथा उद्घोषिका हुँदै चर्चामा कमाएकी शितल शर्मा पछिल्लो समयमा गायिकाको रूपमा आफ्नो स्थान जमाउँदै छिन् । विभिन्न महोत्सव तथा संगीतिक कार्यक्रममा उद्घोषिका रूपमा चर्चा बुटुल्दै आएकी शतिल शर्मा पछिल्लो पानी जहाज भाग–२ गीति एल्वम बजारमा ल्याएपछि उनको चर्चा अहिले संगीतिक बजारमा तहल्का मचाउन थालेको छ ।
‘मैले स्रोताको माग र समसमायिक सिर्जनलाई बढी प्राथमिकता दिन्छु, त्यसैले पनि जहाज भाग–२ चर्चामा आएको हो’ गायिका शितल शर्माले भनिन्– ‘यो गीतमा राजनीति धेरै गरिसक्यो, अब आर्थिक समृद्धितर्फ लाग्नुपर्छ भन्ने विषय वस्तु समेटेको छु ।’
प्रधानमन्त्री पदमा रहँदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा पानी जहाज चलाउने घोषणा गरेका थिए । उनको त्यो घोषणालाई धेरैले हासोका रूपमा उडाएका थिए । अहिले फेरि यो गीतमार्फत पनि त्यस्तै भाव बोकेको छ । ओलीको घोषणा कार्यान्वयन नभए पनि यो गीतले सबै समेटेको छ । सञ्चारकर्मी शितलले सांगीतिक कोसेली पानी जहाज भाग–२ ल्याएरै भए पनि एमाले अध्यक्ष ओलीको पानी जहाज भिœयाउने सपना र ईच्छा पूरा गरिदिएकी हुन् । उनको उक्त एल्वमको पनि एमाले अध्यक्ष ओलीले नै विमोचन गरेका थिए ।
संचारकर्मी तथा उद्घोषिका समेत रहेकी शितल शर्मा गायिकाको नामबाट पनि आम नेपाली दर्शक श्रोता माझ परिचित छन् । बुटवल स्थायी ठेगाना भई विगत १४ वर्षदेखि सञ्चारकर्मी र सांगीतिक क्षेत्रमा संघर्षरत शितल शर्माले यो गीतबाट अझै चर्चा बुटुलेकी छिन् ।
वरदान डिजिटल म्युजिक प्रालिद्वारा बजार व्यवस्थापन भएको उक्त गीत गायिका तथा सञ्चारकर्मी शितल शर्मालाई पुरुषतर्फका वैकुण्ठ महतले स्वरमा साथ दिएका छन् । तथा शब्द संकलन गायक वैकुण्ठ महतले गरेका हुन् । उक्त भिडियोमा देशको मेचीदेखि महाकालीसम्मका महत्त्वपूर्ण स्थानमा छायांकन गरिएको म्युजिक भिडियो पनि दमदार बनेको छ ।

 

भिडियो हेर्नुस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार