१६ बैशाख २०८१, आईतवार

सूर्तीजन्य पदार्थको सेवनबाट नेपालमा बर्सेनि २५ हजार मर्दै



धनगढी । नेपाल सरकारको सन् २०१५ को तथ्यांकअनुुसार प्रत्येक वर्ष २५ हजार व्यक्तिहरूको मृत्युु सूर्तीजन्य पदार्थहरूको सेवनबाट हुने गरेको छ । जसमा १५ हजार पुुरुषहरू रहेका छन् भने १० हजार महिला रहेका छन् ।
सरकारले सूर्तीजन्य पदार्थ सेवन निरुत्साहित गर्न थुुप्रै प्रयासहरू गरिरहे पनि यसको सेवनका कारण हुने बिरामीहरूको संख्या बढिरहेको छ । ३० वर्ष भन्दा बढी उमेर समुहका १२ प्रतिशत व्यक्तिहरूको मृत्युु सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।
चुुरोटमा हुने ४ हजार प्रकारका रसायनहरूमध्ये त्यसमा रहेका ६० प्रतिशत रसायनहरू क्यान्सर गराउने खालका हुने गरेका छन् । धुम्रपानको सेवनले व्यक्तिको सोच्ने शक्तिमा असर पर्ने, आयुु घट्ने, रक्तचापको समस्या, क्यान्सर लगायतका थुप्रै समस्याहरू देखिने गर्छन् । साथै गर्भवती भएको अवस्थामा आमाले धुुम्रपान सेवन गर्दा कमतौल भएको बच्चा जन्मिने, बच्चा समय भन्दा अघि जन्मिने, साथै सूर्ती जन्य पदार्थमा हुने गरेको निकोटिनले अक्सिजनलाई राम्ररी सम्पर्कमा आउन नदिइ शिशुुको मष्तिष्कमा असर पर्ने विज्ञहरू बताउँछन् ।
विश्व सूर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले बुुधवार धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख खगेन्द्रबहादुर शाहीले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ अनुुसार सूर्तीजन्य पदार्थको विक्रीवितरणका लागि अनुुमतिपत्र लिई १८ वर्ष भन्दा कम उमेरका वच्चा तथा गर्भवती महिलाहरूलाई विक्री वितरणमा संलग्न नगराउने साथै उनीहरूसंग बेचविखन समेत नगर्ने भन्ने निर्देशिकामा रहेकोले जनता तथा किराना व्यापारीहरूमा जानकारी प्रदान गरिरहेको बताए ।
उनले विभिन्न माध्यमहरूबाट व्यापारीहरूलाई सूर्तीजन्य पदार्थहरूको छुट्टै पसल स्थापना गर्न जानकारी गरिरहेको भन्दै दोस्रो पटक अनुुगमनका क्रममा अन्य सामानहरूसंग राखेर विक्रीवितरण गरिएको पाईए सूर्तीजन्य पदार्थ जफत गरिने जानकारी दिए ।
क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र धनगढी प्रमुख नरेन्द्रसिंह कार्कीले विद्यालय वरिपरि सञ्चालनमा रहेका पसलहरूले सूर्तीजन्य पदार्थ विक्रीवितरण गरिरहादा नयाँ पुुस्तामा सूर्तीजन्य पदार्थहरूको प्रयोग अत्यधिक बढिरहेकाले ती पसलहरू हटाउन आवश्यक रहेको बताए । उनले विद्यार्थी तथा शिक्षकहरूलाई मात्रै सूर्तीजन्य पदार्थ सम्बन्धि चेतना जगाउन सकिए विस्तारै यसको प्रयोग गर्नेहरूको संख्या न्यून हुँुदै जाने उल्लेख गरे ।
कैलालीका जिल्ला शिक्षा शिक्षा अधिकारी मानसिंह विष्टले सरकारले सूर्तीजन्य पदार्थहरूको नियन्त्रणका लागि बनाएका नीतिनियमहरूले विस्तारै सकारात्मक प्रभाव देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार