३० बैशाख २०८१, आईतवार

घोडाघोडीका चार वडा पूर्ण खोप घोषणा



दरख । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप गाउँपालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ घोडाघोडी नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।
आइतबार एक कार्यक्रमबीच ती वडालाई पूर्ण खोप वडा घोषणा गरियो । पूर्ण खोप घोषणा गरिएका वडाहरू साविकको दरख गाविसमा पर्ने गर्दछन् ।
पूर्ण खोप घोषणा भएको वडाहरूमा १२ देखि २३ महिनासम्मका तीन सय ६२ बालबालिकाले ११ रोगका सबै खोप प्राप्त गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै ती वडालाई पूर्ण खोप घोषणा गरे ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका कार्यकारी अधिकृत राजुप्रसाद न्यौपानेले पूर्ण खोप घोषणा गरेर स्वास्थ्यकर्मी, नागरिकलाई जिम्मेवारी थप भएको बताए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डाक्टर रूपेश तिमिल्सेनाले खोपले बालबालिकालाई विभिन्न रोग लाग्नबाट जोगाउने बताए ।
महिला स्वास्थ्य स्वयंसेविका संयोजक सरिता चौधरीले पूर्ण खोप घोषणा हुन सघाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
दरख स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष होमप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा दोदोधरा स्वास्थ्य चौकीका इञ्चार्ज कृष्ण जोशी, वल्र्डभिजनका लोक गौचन, दरख स्वास्थ्य चौकीका पूर्व अध्यक्ष जगत विक, आमा समुहकी सरिता तिरुवा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्वास्थ्य चौकीका ईञ्चार्ज ध्रुव भट्टराईले स्वागत गरेको कार्यक्रममा स्वास्थ्य चौकीका अहेव कृष्ण साउँदले प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।
ंकार्यक्रममा वडा नागरिक मञ्चका संयोजकहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, आमा समूहहरू, विभिन्न संघसंस्थालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार