३० जेष्ठ २०७८, आईतवार

अन्तर्राष्ट्रिय महिनावारी दिवस



बैतडी । अन्तर्राष्ट्रिय महिनावारी दिवस आइतबार विभिन्न कार्यक्रमसहित मनाइएको छ । महिनावारी दिवसका अवसरमा बैतडीमा सरसफाई सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरियो ।
‘महिनावारी सम्बन्धी शिक्षाद्वारा, परिर्वतन हुन्छन् सारा, स्वस्थ रहने हाम्रो चाहना, सुरक्षित महिनावारी हाम्रो अधिकार, सुरक्षित महिनावारीका लागी राष्ट्रिय हाम्रो साझा अभियान’ भन्ने नाराका सात मणिलेक मावि गुरुखोलामा छात्राहरूबीच अन्तरक्रिया गरिएको थियो ।
गुरुखोला स्वास्थ्य चौकी, सुआहारा, र सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्