२२ बैशाख २०८१, शनिबार

फेरि जुम्ल्याहा बच्चाको आमा बन्दै सेलिना



हुनत, अहिले बलिउडमा नायिका सेलिना जेट्लीको खासै चर्चा छैन । तर, समय–समयमा उनी विभिन्न कुराले चर्चामा आउँछिन् । कुनै, समयमा उनको चर्चा बलिउडमा हट नायिकाको रूपमा थियो ।
सेलिनाले ५ वर्ष अगाडि जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । पति पेटेर हागको साथमा दुबइमा रमाउँदै
गरेकी सेलिना फेरि आमा बन्ने तयारीमा छिन् । तर, रोचक कुरा के छ भने यसपटक पनि उनले जुम्ल्याहा बच्चालाई नै जन्म दिदैछिन् ।
३५ वर्षकी यी सुन्दरीले आफू फेरि पनि जुम्ल्याहा बच्चाको आमा बन्न लागेको खबरले अचम्मित भएको बताएकी छिन् । उनले भारतीय मिडियासँग भनेकी छिन्, ‘डाक्टरले अल्ट्रासाउण्ड गरेपछि हामीले सोध्यौ, यसपटक पनि जुम्ल्याहा बच्चा नै हुन् । डाक्टरले हो भनेर जवाफ दिएपछि हामी अचम्मित भएका थियौ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार