२० बैशाख २०८१, बिहीबार

कार्यपालिकाको अधिकारलाई चुनौति दिएकाले महाभियोग– रिजाल



टीकापुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कार्यपालिकाको अधिकारमाथि एकपछि अर्को गर्दै चुनौती दिन थालिएपछि प्रधानन्यायधीस सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको बताएका छन् ।
बिहीबार कैलालीको टीकापुरमा भएको एक कार्यक्रममा केन्द्रीय सदस्य डाक्टर रिजालले महाभियोगको विधि भएकोले संसदमा बहस र छलफल भएर पास हुने वा नहुने पछि टुंगो लाग्ने बताए ।
नेता रिजालले जनताका हरेक अधिकार प्राप्तीमा नेपाली कांग्रेसको भूमिका रहेको र पार्टीमा कहिलेकाही अप्रिय निर्णय लिनुपर्ने भएकोले त्यसलाई बाध्यताको रूपमा बुझ्न आग्रह गरे ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रर्ता भेटघाट कार्यक्रममा पूर्व राज्यमन्त्री सुशीला स्वाँर, जिल्ला उपसभापति प्रकाश बम, महासमिति सदस्यहरू फकिरसिंह कडायत, केशरी बिष्ट, नेता जंगबहादुर साउद, महाधिवेशन प्रतिनिधि नृपबहादुर खड्का र गंगादेवी चौधरी, जिल्ला सदस्य नवराज रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत क्षेत्रीय सचिव शुभनाथ देवकोटाले गरेका थिए भने संचालन सचिव प्रकाश शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार