१० श्रावण २०८१, बिहीबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस : विभिन्न कार्यक्रमसहित मनाइयो



धनगढी । एक सय २८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सोमबार कैलाली पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा कैलालीमा ट्ेरड युनियन काँग्रेस र जिफन्टले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।
ट्ेरड युनियन काँग्रेसको आयोजनामा ट्राफिक चौराहदेखि बिहान प्रभातफेरि निकालिएको थियो । ठुलो संख्यामा मजदुरहरूको सहभागिता रहेको प्रभातफेरिमा मजदुर हक अधिकार सुनिश्चित गरिनु पर्ने, अन्तर्राष्ट्रिय श्रमिक सन्धी कार्यान्वयन गर्नुपर्ने लगायतका नारा लगाइएको थियो ।
उता, ट्ेरड युनियन जिफण्टले धनगढीमा मोटरसाईकल र्‍याली निकालेको थियो ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार