७ जेष्ठ २०८१, सोमबार

तीन प्रतिशत बालबालिका अझैं विद्यालय बाहिर



बैतडी । बैतडीमा विद्यालय उमेर समूहका तीन प्रतिशत बालबालिका अझैं विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । विद्यालयको पहुँचभन्दा बाहिर रहेका ती बालबालिकालाई विद्यालय पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालय बैतडीले भर्ना अभियानलाई तीव्रता दिएको छ ।
सरकारले विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका बेला बैतडीमा विभिन्न क्षेत्रमा रहेका तीन प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने पहल भइरहेको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले बताए ।
उनले बैशाख १४ गतेसम्म भर्ना अभियान सञ्चालन गरिएको र १५ गतेदेखि ३० गतेसम्म घरदैलो अभियान गरिने बताए ।
आर्थिक अवस्था कमजोर भई विद्यालय भर्ना हुन नसकेको भए जनसंख्या शिक्षा कोषवाट सम्बन्धित विद्यालयलाई बजेट उपलब्ध गराएर बालबालिकालाई विद्यालय भर्ना गराउने, पोशाक, शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको जिल्ला शिक्षा अधिकारी टेरले बताए ।
सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान ‘हामी सबैको इच्छा, अनिवार्य नि:शुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ देशभर एकैसाथ सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार