७ जेष्ठ २०८१, सोमबार

नगरपालिका बनेको तीन वर्ष, फोहोर उस्तै



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका घोषणा भएको तीन वर्ष पुगिसक्दा पनि अहिलेसम्म फोहोरमैलाको व्यवस्थापन हुन सकेको छैन । फलस्वरूप नगरपालिकाको जहातही फोहोरको डंगुर रहेको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्रबाट संकलित फोहोरलाई स्थानीय बाहुलीगाड खोलाको किनारमा फाल्ने गरेको छ । नगरपालिकाबाट उठेको फोहोर सिधैं खोलामा फाल्ने गरेका कारण प्रदुषण ह्वात्तै बढेको छ ।
सेती नदी र बाहुलीगाडको दोभानभन्दा करिब पाँच सय मिटरमाथि नगरपालिकाले फोहोर फाल्ने गरेको छ । सदरमुकाममा खानेपानीको आपूर्ति सहज नभएकोले अधिकांसले बाहुलीगाडको पानी सेवन गर्ने गरेका छन् ।
नगरपालिकाले पानीमा जथाभावी फोहोर मिसाउनाले आफूहरुलाई निकै समस्या भएको स्थानीय बिस्ना नेपालीले गुनासो गरे ।
जयपृथ्वी नगरपालिकाका कार्यकारी प्रमुख अम्मरराज खत्रीले उपयुक्त ल्याण्डफिल साइटको खोजी भइरहेको बताए । उनले जनस्वास्थ्यमा असर पर्न सक्छ भन्ने थाहा हुँदाहँुदै पनि विकल्प नभएकोले खोलामा फोहोर फाल्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार