१२ बैशाख २०८१, बुधबार

गजल



  • पार्वती शाहtears-eyes-16143904-500-368

जति दिन्छौं आशु देऊ, हाँसेर बाँचौंला ।
तिमीसँग मनको नाता गाँसेर नै बाचौंला ।।

पर्खि बस्छु तिम्रो बाटो, तिमी अन्तै गए पनि,
तिम्रो लागि यो जीवन, साँचेर नै बाँचौला ।।

तिमी मेरो संसार हौं, अरु छैन कोही पनि,
तिम्रा लागि मनका इच्छा त्यागेर नै बाँचौंला ।।

सुखी हुनु सधै तिमी, मन मेरो रोए पनि,
तिम्रो माया मुटुभित्र राखेर नै बाँचौंला ।।

पहलमानपुर–१, तुलसीपुर, कैलाली

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार