६ कार्तिक २०८१, मंगलवार

अध्यक्षको पसलमा आगजनी



बझाङ । बझाङको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराको पसलमा आइतबार राति नचिनेका मानिसको समूहले आगजनी गरेको छ ।
आगजनीबाट झण्डै २५ लाख बराबरको क्षति भएको छ । पसलमा भएका दैनिक उपभोग्य सामान सबै जलेर नष्ट भएको बोहरा बताए ।
पसलको माथिल्लो तलामा बस्ने मान्छेले राति आगलागी भएको थाहा पाएपछि स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
आगो चाँडै निभाउन सफल भएकाले पूरै घर जल्न नपाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो कसरी लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार