६ कार्तिक २०८१, मंगलवार

टीकापुरमा बम विस्फोट



धनगढी । कैलाली जिल्लाको टीकापुर नगरपालिका क्षेत्रमा शनिबार बिहान झण्डै ११ बजेतिर अज्ञात समूहले सिलिन्डर बम बिस्फोट गराएको छ ।
टीकापुरको शसस्त्र प्रहरी गण नजिक सिलिन्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति नभए पनि स्थानीय त्रसित भएका छन् । बम कसले विस्फोट गराएको भन्ने ऐकिन हुन सकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । शान्तिपूर्ण ढंगले चुनावी गतिविधि अघि बढिरहेको कैलालीमा बम विस्फोटले मतदाता असुरक्षित महसुस गरिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीमा रहेकै दिन बिस्फोट भएको हो । बिस्फोटको जिम्मा कसैले लिएको छैन । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलालीमा प्रहरीले विभिन्न स्थानबाट नेकपाका कैलाली जिल्ला इञ्चाज महानसहित १२ जना नेता कार्यकर्ता तथा समर्थकलाई नियन्त्रणमा लिएको छ ।
धनगढीस्थित चटकपुरमा बम भेटिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावीसभालाई सम्बोधन गर्न जाने बाटोमा बम भेटिएको हो । प्रधानमन्त्री धनगढीबाट चौराहा चटकपुर हुँदै बोराडाँडी व्यारेक गएर हेलिकोप्टरमार्फत टीकापुर थाल्दा बम भेटिएको हो । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
यसअघि बिहीबार बिहान लम्की चुँहा नगरपालिकास्थित एमालेबाट कैलाली क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार रतन थापाको घरमा राखिएको गाडी पनि अज्ञात समूहले जलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार