६ कार्तिक २०८१, मंगलवार

भरुवा बन्दुकसहित दुई पक्राउ



धनगढी । अछाममा भरुवा बन्दुक सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ नुवागाउँस्थित भैसेखोलामा दुई नाल भरुवा बन्दुक सहित प्रकाश बिक र खडकबहादुर विक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
भरिएको अवस्थामा रहेका बन्दुक बोकेर शंकास्पद रूपमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
आइतवार राति पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको न्यौपानेले बताए । पक्राउ परेका २१ वर्षीय प्रकाश र २७ वर्षीय खडकबहादुर नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार