६ कार्तिक २०८१, मंगलवार

बालिकालाई सहयोग



अछाम । जंगली जनावर चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी बालिकाका आफन्तलाई नगद सहयोग गरिएको छ ।
अछाम जिल्ला मेल्लेख गाउँपालिका वडा नम्बर ८ की १५ वर्षीय पवन भुलका आफन्तलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
गत असार २० गते सुतिरहेको बेला घरबाटै चितुवाले आक्रमण गरी ज्यान गएकी बालिकाका बुवा गोपाल भुललाई नगद सहयोग गरिएको जिल्ला वन कार्यालय अछामले जनाएको छ । जिल्ला वन कार्यालयको सिफारिसमा सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय धनगढीबाट प्राप्त रकम जिल्ला वन अधिकृत सुरेन्द्रकुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको रेन्जर विकास शर्माले जानकारी दिए । जंगली जनवारको आक्रमणमा परी ज्यान गएकाहरूलाई सरकारले १० लाख रकम सहयोग गर्ने गरेको जिल्ला वनक कार्यालयले जनाएको छ ।
पछिल्लो समय जिल्लामा जंगली जनावर चितुवा, भालु, बादेल लगायतका जनावरको आक्रमणबाट व्यक्तिको ज्यान जाने तथा अंगभंग हुने क्रम बढेको पाइएको छ । एक महिना पहिले मात्रै जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ६ मा एक जना बृद्ध महिलालाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार