६ कार्तिक २०८१, मंगलवार

विप्लव माओवादीका कार्यकर्ताको पकडधपड बढ्यो



बझाङ । देशका विभिन्न ठाउँमा उम्मेदवार लक्षित आक्रमणका घटना बढेसंगै जिल्ला प्रहरी कार्यालय बझाङले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी कार्य तीव्र बनाएको छ ।
यसक्रममा वित्थडचिर गाउपालिकाका हरिदत्त अवस्थीलाई प्रहरीले गिरफतार गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यलयले जिल्ला कमिटी सदस्य जोग कठायतलाई पक्राउ गरेको जनाएको छ ।
सोमबार बिहान र दिउँसो जिल्लाभर पहिचान भएका विप्लवका कार्यकर्ताको घर र डेरामा खानतलासी गरे पनि कसैलाई पक्राउ गरिएको थिए ।
प्रहरीले केन्द्रीय सदस्य एवं पूर्व सभासद शंकर खड्का, केन्द्रीय जनपरिषद् सल्लाहकार सदस्य धनबहादुर मल्ल, जिल्ला जनपरिषद् बझाङका अध्यक्ष चन्द्रजंगबहादुर सिंह, अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवालय सदस्य भरत मल्लको घरमा समेत खानतलासी गरेको थियो ।
प्रहरी आउनुपूर्व नै सूचना पाएका उनीहरु घर छोडी भागिसकेका कारण गिरफतार गर्न नसकिएको प्रहरी स्रोतले बताएको छ । बिनाकुनै अपराध प्रहरीले धरपकड सुरु गरेको भन्दै नेकपाका नेता कार्यकर्ताले आक्रोश पोखेका छन् । ‘बझाङमा न कुनै घटना भएको छ । न हाम्रो त्यस्तो केही योजना छ’ जिल्ला जनपरिषद अध्यक्ष सिंहले भने– तर राज्यले हामीमाथि दमन गरिरहेको छ ।
यता प्रहरी नायव उपरीक्षक ऋषिराम कंडेलले केन्द्रीय निर्देशन बमोजिम नै विप्लव कार्यकर्ताको खोजी प्रहरीले गरिरहेको बताए । ‘निर्वाचनमा सुरक्षा खतरा देखिएका कारण हामीले जिल्लाभर खोजी अभियान सुरु गरेका छौं । यो केन्द्रको निर्देशन अनुसार गरिएको कारवाही हो’ उनले भने, ‘पक्राउ परेका दुबै जना नेकपा समर्थक हुुन कि होइनन् भन्ने प्रमाणित हुन बाँकी छ । अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार