६ कार्तिक २०८१, मंगलवार

चुनावी प्रचारप्रसार आरोपप्रत्यारोपमा सीमित हुँदै



धनगढी । ‘काँग्रेसले पटक–पटक जित्यो, तर यस क्षेत्रका लागि केही गरेन’ बाम गठबन्धनका चुनावी सभामा प्राय: दोहोरिने आरोप हो यो । एमाले, माओवादी केन्द्रका उम्मेदवार तथा वक्ताहरूले बामपन्थी सरकार नबनेका कारण मुलुकमा शान्ति सुरक्षा कमजोर भएको, आर्थिक विकास हुन नसकेको, सुकुम्बासी, मुक्त कमैयाको अहिलेसम्म उचित व्यवस्था हुन नसकेको दाबी दोहोर्‍याएर मतदातासंग मतका लागि आग्रह गर्ने गरेका छन् ।
प्रतिउत्तरमा नेपाली काँग्रेसका प्राय: चुनावी सभामा धारणा व्यक्त हुने गरेको छ– यदि यो चुनावमा बाम गठबन्धनले जितेमा देशमा अधिनायकवाद, तानाशाही शासन लादिने छ । बहुलवाद अस्विकार गरिने छ । लोकतन्त्रलाई समाप्त पार्नका लागि नै बाम गठबन्धन भएको हो । त्यसैले अहिलेको चुनाव लोकतन्त्र पक्षधर र अधिनायकवादीबीचको संघर्ष हो । काँग्रेसका उम्मेदवार तथा वक्ताहरूले बाम गठबन्धनलाई लोकतन्त्र विरुद्धको तानाबानाका रूपमा अथ्र्याउने गरेका छन् । दिगो शान्ति, राजनीतिक स्थिरता र तीब्र आर्थिक विकासको यात्रा शुरु गर्नुपर्ने वेला बाम गठबन्धनका नाममा पुन: राजनीतिक द्वन्द्व अस्थिरता र अन्योलको राजनीति बढाइएको आरोप दोहोरिने गरेका छन् ।
त्यस्तै नयाँ पार्टीका रूपमा रहेको विवेकशील साझा पार्टी सहितका अन्य दलहरू प्रमुख दलले पटकपटक जिते पनि राष्ट्रको विकास गर्न नसकेको नारा दिने गर्दछन् । उनीहरू प्रमुख पार्टीहरू असफल भएकाले आफूहरूलाई अवसर दिनुपर्ने जिरिह गर्ने गर्दछन् ।
चुनाव तात्दैछ । र, यससंगै उम्मेदवार तथा दलहरूबाट एकअर्कामाथि आरोप लगाउने क्रम पनि बढ्दैछ ।
बामग ठबन्धनका उम्मेदवार नारदमुनि रानाले भने ‘म यस क्षेत्रको स्थानीय हुँ, तपाईहरूले मलाई चिन्नु पनि भएको छ । मलाई भेटन् पनि त सहज छ’ उनले चुनावी सभामा आम मतदातालाई भन्ने गरेका छन् ।
कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारहरूले एक अर्कालाई आरोप प्रत्यारोप गरेपनि यस क्षेत्रको विकास, समृद्धि उनीहरूको साझा मुद्दा रहेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारहरूले गौरीफण्टा नाकाको स्तारोन्नती, धनगढी विमानस्थलको स्तरोन्नतीलाई आफ्नो साझा मुद्दा बनाएका छन् । उनीहरूले योसंगै यस क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने, कृषिलाई आधुनिकीकरण तर्फ अग्रसर बनाउने, व्यवस्थित र सुन्दर शहरका रूपमा विकास गर्दै लग्ने लगायतका मुद्दाहरू पनि साझा बनाएका छन् ।
उनीहरूले योसंगै अल्पसंख्यक जातजातिको जीवनस्तरमा सुधार ल्याउन योजना ल्याउने, मुक्त कमैयाहरूलाई पुन:स्थापना गर्ने लगायतका मुद्दा पनि अघि सारेका छन् । उनीहरूले यस क्षेत्रमा गुणस्तर शिक्षा सबैमा पुर्‍याउने, यस क्षेत्रका सबै घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउन विशेष योजना अघि सार्ने जस्ता आश्वासन पनि मतदातामा बाढीरहेका छन् ।

प्रचार शैली पुरानै
विगतका चुनावमा जसरी आम उम्मेदवारहरूले मतदाता रुझाउन जसरी प्रचारप्रसार गरिरहेका थिए सोही अनुसार अहिलेका उम्मेदवार पनि प्रचारप्रसार गरिरहेका छन् । उनीहरू बिहानदेखि रातिसम्म आफ्नो क्षेत्रको वडाहरूमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनीहरू आम मतदातालाई आकर्षण गर्न आम सभा, घरदैलो अभियान लगायतका कार्यक्रम गरिरहेका छन् ।

मंसिर ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार