६ कार्तिक २०८१, मंगलवार

‘मसँग विकास योजनाका चाङ छन्’



५० वर्षअघि बाजुराको ब्रह्मतोलामा जन्मिएका लालबहादुर थापा नेकपा (एमाले) का केन्द्रीय सदस्य छन् । २०४४ बाट राजनीतिमा होमिएका उनले पार्टीको विभिन्न कमिटीमा रहेर काम गरिसकेका छन् । दुई पटक २०५३ र २०६९ मा एमालेको प्रमुख जिल्ला सचिव र अध्यक्ष भएर पार्टी हाकी सकेका उनी २०५४ सालमा जिल्ला विकास समितिका सभापति भएका थिए ।

लालबहादुर थापा
प्रतिनिधि सभा सदस्य उम्मेदवार, बाजुरा

कानुन र शिक्षाशास्त्रमा स्नातक गरेका थापा अहिले नेकपा एमालेका तर्फबाट बाजुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् । जिविस बाजुराको सभापति रहिसकेका थापा भन्छन्– ‘मसँग जिल्लाको विकासका चाङ रहेका छन् ।’
जिल्लाका अधिकांश जनताका घरघर पुगेर घरदैलो गरिरहेका उनी आफू निकै उत्साहित रहेको बताउँछन् । भन्छन्– ‘मेरो पहिलो एजेन्डा संविधानको पूर्ण कार्यान्वयन हो । त्यसपछि जिल्लालाई अध्यारोबाट मुक्त बनाउँछु । केही सडक पक्की बनाउनुछ, केहीको ट्रयाक खोल्नु छ, केही सडकको लिंक जोड्नु छ उनले आफ्ना कामका प्राथमिकता सुनाउँदै भने पूर्ण सरसफाई जिल्ला बनाउने चुनौति पनि छ ।’ अब निर्वाहमुखी होइन जनतालाई कृषि, जडीबुटी, वन पैदावर र प्राकृतिक स्रोतसाधनको उपयोगबाट जनतालाई व्यवसायिक बनाउनुपर्छ उनले आफ्ना थप योजना सुनाउँदै भने बडीमालिक, त्रिवेणी, खप्तड, छेडेदह, बुढीनन्दा जस्ता धार्मिक तथा प्राकृतिक क्षेत्रलाई अझ व्यवस्थित बनाउनुपर्छ । जिल्लाका नदी नाला मात्रैको उपयोगबाट बाजुरालाई मात्रै होइन अन्यत्र विजुली पठाउन सकिन्छ भन्ने मान्यता पनि थापाको छ ।
गएको स्थानीय चुनाव एमालेले सोचे जस्तो परिणाम ल्याउन सकेन । नेता थापा भन्छन हामीसँग जनता र कार्यकर्ता नभएर होइन प्रहरी प्रशासनको नांगो हस्तक्षेपले समस्या भएको हो । यसपटक भविश्य भएका प्रहरी, प्रशासन, निजामति कर्मचारी दुरुपयोग हुँदैनन् भन्ने मेरो विश्वास छ । कोही दुरुपयोग हुन खोजे जनताले प्रतिकार गर्नेछन् । मुख्य कुरा जनता हाम्रो साथमा छन्, त्यसैले हामीले जित्ने पक्का छ उनी भन्छन मंसिर १० गते मेरो विश्वास जनमतबाट प्रकट हुन्छ । स्थानीय चुनावको तथ्य हेर्दा बाम गठवन्धनका उम्मेदवार थापा प्रतिस्पर्धी दल कांग्रेसभन्दा तीन हजार तीन सय २२ मतले अगाडि छन् ।
अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका तीन उम्मेदवार थापाका पक्षका उभ्भिनु पनि उनको जीतको सकरात्मक संयोग हो । थापाको पक्षमा एमाले पोलिटव्यूरो सदस्य तथा निवर्तमान सांसद कर्णबहादुर थापा, माओवादीका नेता सहदेव बोगटी र कांग्रेसका पूर्व सभापति मानबहादुर रावलको सहयोग छ । ०७० को चुनावमा तीनै जनावीच चुनावी प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेता रावल हालै एमाले भएका हुन । अर्को रोचक कुरा राजनीतिमा सवै सम्भव हुन्छ भने झै द्वन्द्वकालमा लामो समय म हिरासतमा बसेका थापालाई यसपटक बाम गठबन्धन बनेकोले माओवादीहरू नै उनलाई जिताउन कम्मर कसेर लागेका छन् ।
एमाले केन्द्रीय सदस्य थापा चुनावपछि एमाले माओवादी एकता हुनेमा ढुक्क छन् । जनताले बाम एकताको सर्वत्र स्वागत गरेका छन्, त्यसले पनि एकताका लागि दवाव सिर्जना गर्ने उनको विश्वास छ । हामी दुई पार्टीको बाटो मात्र फरक छ तर उद्देश्य एउटै छ समाजवादमा पुग्ने उनले भने कम्यूनिष्ट पार्टी एक भएको देख्न नचाहनेले अनेकौ हल्ला चलाएका छन्, त्यो हामीले चिर्न सक्छौं ।
कम्यूनिष्ट शासन आए अधिनाकवाद आउँछ भन्ने चर्चाको खण्डन गर्दै उनले भने २०१५ र ०५९ सालमा प्रजातन्त्र दरवारमा पुगाउने २० वर्षसम्म स्थानीय चुनाव हुन नदिने अप्रजातान्त्रिक पार्टी र व्यक्तिले प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिन मिल्दै मिल्दैन ।

मंसिर ०४ गते (epape)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार