६ कार्तिक २०८१, मंगलवार

रुखबाट खसेर मृत्यु



बैतडी । रुखबाट लडेर आज बैतडीमा एक बृद्घा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गम सिगास गाउापालिका १ की ६५ बर्षिया कलावती महरा रहेकी छन ।
बिहान ८ बजे घर नजिकै रहेको बााजको रुखमा घाास(स्याउला) काट्न भनि गएकी कलावतीको एक्कासी लडेर गम्भीर घाईते भएकी थिईन । गम्भिर घाईते कलावतीलाई उपचारका लागी डडेल्धुरातर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।
शव परिक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार