६ कार्तिक २०८१, मंगलवार

म सधैं तपाईंहरूसंगै छु– प्रधानमन्त्री देउवा



धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सधैं नेपाली जनाताको साथमा रहेको बताएका छन् ।
‘म तपाईंहरुको घरको मान्छे हुँ, तपाईंहरूले मलाई जतिवेला पनि भेट्न सक्नुहुन्छ, आफ्नो समस्या सुनाउ सक्नुहुन्छ’ धनगढीमा विहीवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने– तपाईंहरूलाई मलाई गाली गर्ने अधिकार तपाईं छ ।
उनले चुनावपछि आफू नै प्रधानमन्त्री हुने दावी गरे । ज्योतिषले आफूलाई सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको बताउँदै उनले चुनावबाट कांग्रेसले बहुमत ल्याउने दाबी गरे ।
‘मलाई ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भन्या छ, कांग्रेसले यो चुनावमा बहुमत ल्याउँछ । चुनावपछि मै प्रधानमन्त्री हुने त हो नि’ उनले भने– सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने अर्काे को छ भन्या ।
प्रधानमन्त्री देउवाले पञ्चेश्वर तथा पश्चिम सेती परियोजनाको काम छिट्टै अघि बढ्ने बताए । उनले गौरिफन्टा नाकाको स्तरोन्नती, दोधाराचादनीमा सुख्खा बन्दरगाह लगायतका आयोजनाको काम अघि बढेको बताए ।
प्रधानमन्त्री देउवाले भारतसंग पञ्चेश्वर परियोजना बारे छलफल भइसकेको बताए । ‘पानी र विजुली बाँडफाँट मिल्न बाँकी छ । भारतबाट छिट्टै टोली आउँछ र सहमति हुन्छ’ उनले भने–पश्चिम सेतीबारे चीनसँग कुरा भइरहेको छ ।
प्रधानमन्त्री देउवाले जनतालाई निर्धक्क भएर मतदान गर्न आह्वान गरे । भने– जनताले निर्धक्क भएर मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । आफनो मत प्रयोग गरेर निर्वाचनलाई सफल पार्न म हार्दिक अपील गर्दछु ।’

मंसिर ०१ गते (epaper)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार