६ कार्तिक २०८१, मंगलवार

राप्रपा र राप्रपा प्रजातान्त्रिकले काँग्रेसलाई समर्थन



कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
तीन दलले भीमदत्तनगरमा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली कांग्रेससहित तीन राजनीतिक दलबीच चुनावी एकता भएको घोषणा गरे ।
राप्रपाका नेताहरूले प्रत्यक्षतर्फका कञ्चनपुर कांग्रेसका तीनवटै प्रतिनिधिसभा सदस्य र ६ वटै प्रदेशसभाका सदस्यलाई सहयोग गर्ने बताएका छन् ।
वडास्तरसम्म संयुक्त समन्वय समिति गठन गरेर चुनावी सभादेखि घरदैलोसम्म गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार